काठमाडौँ । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले दलको नेताबाट राजीनामा दिएका छन् ।साहले मधेश प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् ।
सोमबार काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले दलको नेताबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।
अध्यक्ष प्रचण्डको निर्देशनपछि साहले दलको नेताबाट राजीनामा दिएको साहनिकट स्रोतले जनाएको छ । यसअघि माओवादी मधेश प्रदेशसभाका सांसदहरूले दलको नेताको हैसियतमा साहले काम ग्न नसकेको भन्दै राजीनामा दिन दबाब दिँदै आएका थिए ।