काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीचको बैठक बिना निष्कर्ष टुङ्गिएको छ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा करिब २ घण्टा बसेको बैठकमा संसद् खोल्न प्रतिपक्ष सहमत नभएपछि बैठक विना निष्कर्ष सकिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
उनले आफूहरू गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमै रहेको उनले बताए । माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडान कसेका छन्। मङ्गलबार (भोलि) संसद् बैठक बस्दैछ। प्रधानमन्त्री ओलीले त्यसअगावै गतिरोधको समाधान खोज्ने प्रयास गरेका थिए तर, बैठक बिना निष्कर्ष टुङ्गिएसँगै उनको यो प्रयास असफल भएको छ।