काठमाडौं । नुवाकोटमा आयोजित एक कार्यक्रममा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले भाडामा मान्छे ल्याएर राजावादीले चुरीफुरी देखाएको टिप्पणी गरेका थिए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रचण्डको टिप्पणीमा प्रतिउत्तर दिएका छन् ।
राजावादीको तेस्रो दिनको आन्दोलनमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले गणतन्त्रको आन्दोलन गर्दाताका प्रचण्डले मान्छे टाढाटाढाबाट बोकेर ल्याउने, पार्टी प्यालेसमा भोजभत्तेर गर्ने, पैसा वितरण गरेर जुलुश गर्ने गरेको र त्यही अनुभव सुनाएको बताए ।
गणतन्त्रको पक्षमा आन्दोलन गर्दा प्रचण्ड पैसा बाँडेको लिङ्देनको आरोप थियो । जनताको मद्दत पुग्यो र यसरी नै जनसमर्थन बढिराख्यो भने यो सरकारलाई झुक्न बाध्य बनाउने लिङ्देनले बताए ।