काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको बताएका छन् ।
शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।
उनले सरकारले ल्याएको बजेट सकारात्म रहेको प्रक्रिया आएकाले बजेटको कार्यान्वयन पनि सकारात्मक रुपमा हुने विश्वास गर्न आग्रह गरे । ७.५ प्रतिशतको आर्थिक वृद्धिदर आहिसल गरेको विगत भएकाले ६ प्रतिशतको वृद्धिदर हासिल सम्भवन रहेको उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलले लक्ष्य अनुसारको राजश्व संकलनको लागि थोरै मेहनत गर्न आवश्यक रहेको बताए ।