काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमको स्वास्थ्य सुधार हुँदै गएको छ ।
शुक्रबार बिहान अचानक बोली र शरीरको भाग कमजोर भएपछि उनी अन्नपूर्ण न्यरो असप्पतालमा भर्ना भएका थिए । अपतालले जाँचपछि मस्तिस्क घात भएको पुष्टि गरेको थियो ।
उपचारपछि उनको स्वास्थ्यमा क्रमिकरुपमा सुधार हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ । हाल उनको आईसीयूमा उपचार भइरहेको छ ।आलम केही दिनअघि मात्रै जेलबाट छुटेका थिए । जिल्ला अदालतको जन्म कैदको सजाय उच्च अदालतले उल्ट्याएपछि उनी जेलबाट निस्किएका हुन् ।