काठमाडौं । अनेरास्ववियुको सबै तहका कमिटीमा ३२ वर्षे उमेर हद लागू हुने भएको छ । गत ११ जेठमा बसेको नेकपा एमाले सचिवालय बैठकले अनेरास्ववियुमा उमेर हदबारे निर्णय गरेको थियो ।
महासचिव शंकर पोखरेलले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न विद्यार्थी इन्चार्ज किशोरबिक्रम मल्ललाई पत्र पठाएका छन् । उक्त पत्र बमोजिम यसै महिना हुने अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनबाटै उमेर हदको व्यवस्था लागू हुनेछ ।
उमेर हद लागू गर्ने एमाले निर्णयपछि हालका उपाध्यक्षहरु धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती र गोविन्द गिरी नेतृत्व होडबाट बाहिरिएका छन् ।महासचिव नरेश रोकाया अध्यक्ष पदका सशक्त दाबेदार थिए । उनी पनि उमेर हदका कारण अखिलबाट बिदा हुने भएका छन् ।
सचिवहरू मनोज ताम्ली, सञ्जीव धिताल, आशिर्वाद सुवेदी र विनिता काफ्ले पनि उमेर हदकै कारण संगठनबाट बारिनेछन् ।अब ३२ वर्ष उमेर नकटेका सचिवहरू दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई र अञ्जना सिवाकोटीले नेतृत्व दाबी गर्ने सक्नेछन् ।