काठमाडौं । प्रतिनिधिसभाको बैठक भोली १ बजेसम्मका लागि स्थगित भएको छ । सुचना टाँस गरेर अपराह्न साढे ३ बजेलाई तय गरिएको बैठक चल्न नसके पछि भोली दिउँसो १ः०० बजेसम्मका लागि स्थगित भएको हो ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले निरन्तर सदन अवरुद्ध गरे पछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर, गृह मन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडानमा विपक्षी दल रहे पछि सभामुख देवराज घिमिरेले सुचना टाँस गरेर ३ः३० बजेका लागि बैठक तय गरिएको थियो ।सो समय सीमामा पनि सहमति नभए पछि भोली १ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।