काठमाडौँ । संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख घिमिरेले नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए।
सांसद पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिुभवन विश्वविद्यालय अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्दै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन् उनीहरूलाई ५० लाखदेखि तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताए।
मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएको आरोप लगाउँदै त्यस विषयमा अनुसन्धान हुनुपर्ने प्रतिपक्षी दलको माग छ।
गृहमन्त्री रमेश लेखक कानुन र मानव अधिकार क्षेत्रबाट आएकाले र उनले यसअघि धेरै नेतामाथि नैतिकताको विषय भएकाले उनको राजीनामा माग गरे।