काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता घोषणा भएको छ।
सोमबार ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा आयोजित एकता कार्यक्रममा माओवादीको तर्फबाट अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ र समाजवादीको तर्फबाट संयोजक गङ्गानारायण श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका हुन् । उनी २०७२ असोज ९ गते डा. बाबुराम भट्टराईसँगै माओवादीबाट अलग भएका थिए ।
यस्तै नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) बीच पाँच बुँदे सहमतिसँगै पार्टी एकता भएको छ ।
