काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा भएको आदेशमा त्रुटि सच्याइएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासले गरेको आदेश सच्याउन आइतबार उनीहरूकै इजलासमा पेसी तोकिएको थियो ।
लामिछानेलाई पुर्पक्षमा जेल चलान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले शुक्रबार सदर गरेको थियो । तर, लिखित आदेश सार्वजनिक हुँदा ‘आदेश’ नलेखेको ‘फैसला’ लेखिएपछि सच्याउनका लागि आइतबार पेशी तोकियो ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले ‘आदेश’ हुनुपर्नेमा ‘फैसला’ भनेर उल्लेख भएकाले सच्याएर ‘आदेश’ बनाइएको बताए ।
