काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीतिक जीवनमा एउटामात्रै पनि आर्थिक अनियमितता प्रमाणित भए पदबाट मात्रै नभइ राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग जोडिएको घटनामा आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक झुटा प्रचारबाजी भइरहेको पनि बताए ।
उनले यसबारे थप प्रष्ट पार्नका लागि आगामी १३ गते प्रतिनिधिसभामा समय लिइसकेको र थप त्यही बेलामा बताउने पनि जानकारी गराए ।