पोखरा । नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाअधिवेशन पोखरामा शुक्रबारबाट सुरू भएको छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महाअधिवेशनको उद्घाटन गरेका हुन्। महाधिवेशन ११ दिनसम्म चल्नेछ।१० औं राष्ट्रिय महाधिवेशनले दुई वर्षका लागि युवा संघको नयाँ नेतृत्व चयन गर्नेछ।
नेकपा (एमाले) को पछिल्लो नीतिअनुसार युवा संघको महाधिवेशनले ९ पदाधिकारीसहित १ सय ५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ।