काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहमाथि सांसद कल्पना मियाँ कुसारीले माइक प्रहार गरेकी छन् ।
बुधबार समितिको कार्यकक्षमा बैठक जारी रहँदा नेकपा माओवादी केन्द्रकी सांसद मियाँले आफूलाई बोल्न समय नदिएको भन्दै सभापति साहमाथि माइक र नेम प्लेट प्रहार गरेकी हुन्। सांसद मियाँ बैठकमा ढिला आएका कारण बोल्ने अनुमति पाएकी थिइनन् । बैठक केहीबेर अशान्त बनेको थियो ।