काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सचिवालय बैठकले दोस्रो चरणको आन्दोलनको रूपरेखा तय गरेर जेठ ६ गते देशभरका पार्टी कमिटीलाई परिपत्र जारी गरेको हो ।
महासचिव घनश्याम भुसालले जारी गरेको परिपत्रमा दोस्रो चरणको आन्दोलनअन्तर्गत जेठ ५ देखि ३१ गतेसम्मका कार्यक्रम समावेश छन् ।वडादेखि केन्द्रसम्मका आन्दोलन कार्यक्रम अन्तर्गत कोणसभा, धर्ना, विचारगोष्ठी, मागपत्र बुझाउनेलगायत छन् ।


