काठमार्डाैँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन् । मंगलबार साँझ बस्ने मन्त्रिपरिषद् बैठक पनि बस्दै छ । उक्त बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ । त्यसअघि अहिले ४ बस्ने बस्ने सिफारिस समितिको बैठकले गभर्नरका लागि नाम सिफारिस गर्नेछ ।
अर्थमन्त्री पौडेल संयोजक रहेको सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा। पोषराज पाण्डे सदस्य छन् । पहिलो पटक बनेको सिफारिस समिति भंग गरेर दोस्रो पटक समिति बनेपछि आज बैठक बस्न लागेको हो ।