काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार (जेठ ५) साँझ भेटवार्ता सम्भव नभएको बताईएको छ ।
सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, मन्त्रिपरिषद् बैठक स्थगित गरेर भेटवार्ता हुने जनाएको भएपनि देउवा भेट्न नगएपछि भेटवार्ता हुन नसकेको हो ।
शीर्ष दुई दलका नेताबिच गभर्नर नियुक्तिको विषयलाई लिएर रस्साकस्सी चलिरहेको छ ।
कांग्रेस र एमालेबिच गभर्नरमा कांग्रेस निकट डा.विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको बताएपनि तर हालसम्म गभर्नर नियुक्ति हुन सकेको छैन ।