काठमाडौँ । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ ।
सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्य रामशरण बजगाईले बताए ।
आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे निर्णय गर्ने आकलन गरिएको थियो । मन्त्रिपरिषद् बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबिच छलफल हुने बताएको छ ।