काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारी हत्याको सत्य तथ्य छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
मदन–आश्रित स्मृति दिवसको अवसरमा शनिबार नेकपा (एस) ले आयोजना गरेको कार्यक्रममा उनले मदन र आश्रितको रहस्यमय हत्या भएको बताउँदै त्यसको सत्य तथ्य छानबिन हुनुपर्ने सरकारसँग माग गरे ।
मदन–आश्रित हत्या प्रकरणका एक मात्र साक्षी ड्राइभरको पनि रहस्यमय तरिकाले हत्या गरिएको बताउँदै उनले त्यसले पनि मदन–आश्रितको मृत्यु दुर्घटनामा नभई हत्या भएको पुष्टि भएको बताए ।
उनले भने, ‘सत्य तथ्य छानबिन गरी अपराधीलाई कानुनी दायरामा ल्याउन सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’
दुवै नेताले कम्युनिस्ट पार्टीलाई उचाइमा पुर्याएको धारणा राख्दै अध्यक्ष नेपालले उनीहरूले पार्टीलाई वैचारिक रूपमा अगाडि बढाएको धारणा समेत राखे