काठमाडौं । पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा देखिएका छन् ।
अन्य सांसद सरह उनी प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा आशनग्रहण गरेका छन् । तर, प्रहरीको उनीतर्फ नजर गएको छैन ।
यो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।
विष्णु पन्थीविरुद्ध एक वर्ष अगाडि नै पक्राउ पूर्जी जारी भएको खुलेको थियो । मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष अगाडि उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेपनि अहिलेसम्म पक्राउ परेका छैनन् ।
उनलाई अदालतको फैसला कार्यान्वयनमा अटेरी गरेको भन्दै ६ महिना कैदको सजाय तोकिएको छ । उनी लुम्बिनीका पूर्वस्वास्थ्यमन्त्री समेत हुन् ।