काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार उनीहरूबीच भेट भएको हो ।
भेटमा भारतीय राजदूत श्रीवास्तवले कश्मिरको पहलगाममा गत अप्रिल २२ मा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे जानकारी गराएका थिए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरे पनि जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट पारे ।
राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरे । प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप आतंकवादी हमलाको भर्त्सना गरे । उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट पारे ।