काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक कारणभन्दा पनि राष्ट्र बैंकभित्रैको समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भएको बताएका छन्।
नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओली पनि सकरात्मक भएको उल्लेख गरेका थिए।
‘गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन,’ देउवाको भनाइ छ, ‘ओलीजी पनि सकारात्मक नै हुनुहुन्छ। राष्ट्र बैंकभित्रकै समस्या हो।’