काठमाडौँ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सही छ भनी ढुक्कका साथ भन्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।
शनिबार बालुवाटारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् । ओलीले विपक्षीको काम नै विरोध गर्ने भएको बताउँदै सत्य भए पनि विरोध गर्ने, असत्य पनि विरोध गर्ने काम उनीहरूले गरेको दाबी गरे ।
नीति तथा कार्यक्रमको एउटा पनि बुँदालाई उनीहरूले (विपक्षी) राम्रो नभनेको दाबी गर्दै प्रधानमन्त्री ओलीले सदनमा कसैले गलत बोले भने त्यसलाई रेकर्डबाट हटाउन नभन्ने धारणा राखे । प्रधानमन्त्री ओलीले संसदमा आफ्नो कुरा अध्ययन गरेर प्रस्ट रुपमा कुरा राख्न समेत सांसदहरूलाई आग्रह गरे ।