काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छन्। बिहीबार
सो विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेपछि मनत्रालयले घटना लगत्तै हिजो भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत आवश्यक कूटनीतिक पहल थालेको जानकारी दिइन्।
साथै उनले साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको बताएकी छन् । यस अघि पनि सोही विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो ।