काठमाडौं । पार्टी एकता घोषणा रोकिएपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका नेताहरु थप छलफलमा जुटेका छन् । हिजोका लागि तोकिएको एकता घोषणासभा नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि रोकिएको थियो ।
चौधरी पक्राउ परेको ५ घण्टामै छुटेपछि बिहिबार पार्टी एकताको चर्चा चले पनि बुधबार बेलुका बसेको जनमत र नाउपाको बैठकले तत्काल केही दिनका लागि पार्टी एकता नगर्ने निर्णय गरेको जनमतका प्रवक्ता सरदसिंह यादवले बताए ।
उनले जनमतले पनि सरकार छाड्न लागेको हो भन्ने प्रश्नमा सबै परिघटनाको समीक्षा आइसकेपछि त्यसको पनि निर्णय हुने बताए ।यस्तै यादवले यसअगाडि जनमत पार्टीका अध्यक्ष सीके राउतलाई मार्ने धम्की आएको र दुई पार्टीको एकता रोक्ने खालका अभिव्यक्तिहरू आएकाले राउतले विभिन्न अन्तर्वार्ता र कार्यक्रममा यसबारे बोल्दै आएको समेत स्मरण गरेका छन् ।