काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई रिहा गर्न कारागार व्यवस्थापन विभागलाई पत्र पठाएको छ । टीकापुर प्रकरणमा दोषी ठहर चौधरीलाई बुधबार नै पक्राउ गरेर डिल्ली बजार कारागार चलान गरिएको छ ।
तर, सर्वोच्चले कर्मचारी महिमानसिंह विष्टले लेखेको पत्रमै त्रुटि रहेको भन्दै रिहा गर्न पत्र लेखेको हो ।उता पत्र लेख्ने विष्टलाई सर्वोच्चले प्रहरीलाई जिम्मा लगाएको छ । उनलाई हिरासतमा लगिएको छ ।