रुपन्देही । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन नसकेको बताएका छन् ।
दुई ठूला राजनीतिक शक्तिहरू मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न नसकेको भन्दै कांग्रेस नेता महतले प्रधानमन्त्रीले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताए ।
प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता महतले सडकमा चलिरहेको शिक्षक आन्दोलन, गभर्नर नियुक्ति सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको, समन्वय र सहकार्य नगरेको उनको आरोप छ ।
कांग्रेस नेता महतले सक्षम योग्य र अर्थतन्त्रलाई मार्ग निर्देश गर्ने गभर्नर नियुक्त हुनुपर्ने पक्षमा नेपाली कांग्रेस रहेको भन्दै प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्तिमा विलम्ब भएको बताए ।