काठमाडौँ । यहि बैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकताको औपचारीक घोषणा हुने भएको छ । तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने गरी डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबीच पार्टी एकताको घोषणा हुन लागेको डा. सिके राउतको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयले भनेको छ, ‘धेरै पार्टी/शक्तिहरूको अहिले निद्रा उडेको छ । किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ । नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’
यस्तै सचिवालयले आफूहरूलाई शक्तिशाली देख्न नचाहने तत्त्वहरूले जनमत÷नाउपालाई तहस–नहस गर्नका लागि विगत ७–८ महिनादेखि कुनै कसर नछाडेको उल्लेख गरेको छ छ ।
पार्टी एकतापछि पार्टीको नाम नागरिक जनमत रहने दुई पार्टीबीच सहमति भइसकेको छ । भने अध्यक्ष राउत, संरक्षकमा रेशम चौधरी र रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने सहमति भएको छ। संयुक्त पार्टीको चुनाव चिन्ह ढकिया रहनेछ । पार्टी एकता निश्चित भएपछि दुवैतर्फबाट कार्यदल बनाएर काम भइरहेको छ । दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठुलो दल बन्नेछ।