काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने काठमाडौं महानगरपालिकाको निर्णयलाई हास्यास्पद भनेका छन् । उनले महानगरले पूर्वराजाका नाममा काटेका पत्रहरू सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै महानगर प्रमुख बालेन्द्र शाहको निर्णयलाई ‘स्टन्टको संज्ञा दिएका छन् ।
‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ। ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो ‘स्टन्ट’ भयो,’ अध्यक्ष थापाले लेखेका छन्, ‘मेयर बालेन शाहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु ।’
उनले संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले स्थानीय प्रशासनसँग अनुमति लिएर तीनकुनेमा कार्यक्रम आयोजना गरेको पनि स्मरण गराएका छन् ।
महानगरपालिकाले शनिबार पूर्वराजा ज्ञानेन्द्रको नाममा आठ वटा पत्र काटेर विभिन्न शीर्षकमा सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।