धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीका बिद्यार्थीहरुले त्रिनगर भन्सार नाकामा सरसफाई गरेका छन् । देशभर आज राष्ट्रिय बाल दिवस मनाइरहँदा दून एकेडेमीका बिद्यार्थीहरुले सो अवसरमा शुभकामना आदानप्रदान तथा सरसफाई गरेका हुन् ।
एकेडेमीको ग्रिन क्लिन क्लबले डोकेबजारको मन्दिर परिसर सरसफाई गरेको क्लबका अध्यक्ष बसन्त खड्काले जानकारी दिए । यस्तै दिवसको अवसरमा सिमानाकामा सुरक्षाका लागि खटिएका नेपाल भारतका सुरक्षाकर्मीलाई मिठाई समेत बाढी शुभकामना आदान प्रदान गरिएको एकेडेमी प्रिन्सिपल राम प्रसाद उपाध्यायले बताए ।
उनका अनुसार एकेडेमीको ग्रिन क्लिन क्लबले जुन महिनामा स्थानीय वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै ग्रिन क्लिन धनगढीले सो महिनाको वेष्ट क्लब अफ मन्थ अवार्ड प्राप्त गरेको थियो ।
‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज देशभर बिभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय बाल दिवस मनाईएको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिएको हो। २०२२ सालदेखि भदौ ४ गते मनाउन शुरू गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो ।