काठमाडौं । पशुपतिमा सुनको जलहरी प्रकरणमा प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सांसदको भनाइ सच्याउन सहमत भएपछि नेकपा (एमाले) प्रतिनिधि सभाको अवरोध हटाउन राजी भएको छ।
प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। उप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका सचेतक हितराज पाण्डे पनि छलफलमा थिए।
छलफलमा पशुपतिमा पित्तलको जलहरी हालिएको भन्ने आफ्ना सांसदको भनाइमा सच्याउन प्रधानमन्त्री प्रचण्ड सहमत भएको एमाले प्रमुख सचेतक गिरीले जानकारी दिए।
गत जेठ १० गते नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसद दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा अनेक भ्रष्टाचार भएको बताएका थिए।