काठमाडौं । काठमाडौंबाट दुबई उडेको फ्लाई दुबईको जहाजको इन्जिनमा समस्या आएको छ । काठमाडौंबाट उड्नासाथ ठूलो आवाजसहित पड्केको आवाज आएको छ।
१६२ जना यात्रु बोकेको फ्लाई दुबईको जहाजमा इन्जिनमा आगलागी भएको हो । त्रिभुवन विमानस्थलमा फोर्स ल्याण्डिङको तयारी भइरहेको छ ।
त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डिआइजी लालमणी आचार्यले राति ९ बजेर २१ मिनेटमा उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको र केहीबेरअघि सम्म ललितपुरको आकाशमा देखिएको बताए । विमानस्थलमा एम्बुलेन्स र दमकलसहित तयारी अवस्थामा राखिएको छ ।