काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियाविरुद्ध बलिङ गर्दैछ । टस जितेर मलेसियाले पहिले ब्याटिङ रोजे पछि नेपालले पहिले बलिङ गर्न लागेको हो।
उपाधि दाबेदार नेपाल आज मलेसियालाई हराएर सुखद सुरुआत गर्न चाहेको नेपाली टोलीलाई घरेलु दर्शकको साथ रहनेछ। मलेसिया पनि नेपाललाई हराएर विजय सुरुआत गर्ने योजनामा छ।
पछिल्लो पाँच खेलमा मलेसियाविरुद्ध नेपालले हार व्यहोरेको छैन। पछिल्लो पटक नेपालले २०१८ मा मलेसियासँग एसिया कप छनोटमा प्रतिस्पर्धा गरेको थियो । मलेसियामै भएको खेलमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो।