काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिबारे आवश्यक निर्णयका लागि संवैधानिक परिषद्को बैठक आह्वान भएको छ ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबारका लागि बैठक आह्वान गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताए ।
उनका अनुसार सोमबार एमाले अध्यक्ष केपी ओली निवासमा भएको बैठकको सहमतिअनुसार बैठक आह्वान भएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।