काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको घरको छतबाट खसेर उनका चालक घाइते भएका छन् ।
भरतपुर ११ स्थित लामिछानेको घरबाट विहान ४ बजेतिर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका शम्भु भन्ने दिल बहादुर थापा गम्भीर घाइते भएका हुन् ।
थापाको खुट्टामा र टाउको चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता विजय राज पण्डितले बताए ।