काठमाडौँ । नेकपा एकीकृत समाजवादीबाट राष्ट्रिय सभाकी सांसद नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी छन् ।
नवनियुक्त राज्यमन्त्री चपाईलाई आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ गराएका छन् ।उक्त मन्त्रालयमा नेकपा एसकै प्रकाश ज्वालामन्त्री छन् । नेकपा एसले सरकारमा तीनवटा मन्त्रालय माग्दै आएको थियो ।
तर मन्त्रालय भागबन्डामा २ वटा मात्र पाएपछि नेकपा एस असन्तुष्ट थियो ।नेकपा एसको असन्तुष्टि सम्बोधन गर्न प्रधानमन्त्रीले एक जना राज्यमन्त्री थपेका हुन् ।