काठमाडौँ । नेपालले अभ्यास खेलमा शनिबार ओमानलाई सजिलै पाँच विकेटले पराजित गरेको छ । कीर्तिपुरको टीयू मैदानमा भएको खेलमा नेपालले जितका लागि २ सय ४७ रनको लक्ष्य पाएको थियो ।
४४.४ ओभरमा पाँच विकेट गुमाएर नेपालले लक्ष्य पूरा गरेको हो । पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटमा २ सय ४६ र बनाएको थियो ।
एएफसी प्रिमियर लिगको तयारीका रूपमा यो खेल भएको हो । नेपालले त्यस प्रतियोगितााको आफ्नो पहिलो खेलमा मलेसियाको सामना गर्नेछ । यो प्रतियोगिता जित्ने टोली एसियाकपका लागि छनोट हुनेछ ।