काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता जारी छ।
तीन शीर्ष नेताबीच वैशाख १० गते हुने उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ। सत्ता गठबन्धनबाट कांग्रेसतर्फ तनहुँ(१ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठ तथा बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। यसपटकको उपनिर्वाचनमा माअोवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले आफ्नो उम्मेदवार उठाएका छैनन्।
उनीहरूविरूद्ध रास्वपाले तनहुँ १ मा अर्थशास्त्री डा। स्वर्णिम वाग्ले, चितवनमा रवि लामिछाने र बारा २ मा पूर्वडीआइजी रमेश खरेललाई उम्मेदवार बनाएका छन्। यस्तै नेकपा एमालेले तनहुँमा पूर्वआईजीपी सर्वेन्द्र खनाल, चितवनमा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने र बारामा पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ।