सिराहा । सिराहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका १ लडाडामा लागेको मेलामा शुक्रवार राति नाच हेर्न गएको बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका ३ गोलामुक्सार गोलाका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो ।
साथीहरूसँग नाच हेर्न गएको वेला गोलबजार नपा १ कै गुलरियामा एक्कासि हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको हुनसक्ने वडा नम्बर ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए ।
यस अघि पनि गत फागुन २३ गते गोलबजार नगरपालिका ३ जमदह पुरानोडिहका २२ वर्षीय देव प्रसाद सदाको हात्ती आक्रमणबाट मृत्यु भएको थियो ।