जनकपुरधाम । नव वर्षको स्वागतमा मिथिलासहित मधेशमा हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ ।प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको शिरमा (टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ ।
बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद दिँदै पर्व मनाउने चलन छ ।
वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गर्छन् ।