काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले वर्षाका गतिविधि कम भएसँगै डढेलोका घटनामा वृद्धि भइरहेकाले प्रदूषण बढेको जनाएको छ ।महाशाखाले डढेलो र प्रदूषणबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । शनिवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।
शनिवार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहने छ । देशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू तथा देशका बाँकी पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतवार राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।
सोमवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ । देशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
सोमवार राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।