काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि पूर्णरुपमा अनलाइन नक्सा पास प्रणाली सुरुवात गरेको छ। नयाँ वर्ष २०८० को सुरुवातसँगै महानगरले पूर्णरुपमा अनलाइन नक्सा पास प्रणालीको पनि सुरुवात गरेको हो ।
बुधबार सामाजिक सञ्जालमार्फत महानगरका मेयर बालेन शाहले सो जानकारी दिएका हुन् । यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ ।
त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ । यसले पहिले २/३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने छ । यसका लागि सर्भरको स्तरोन्नतिसहित सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको छ ।
यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुने महानगरका मेयर शाहले जानकारी दिए ।
सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै मेयर शाहले भनेका छन्, ‘काठमाडौँ महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेका छौँ । यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ । त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ । यसले पहिले २(३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने छ । यसका लागि सर्भरको स्तरोन्नतिसहीत सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको छ । यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुनेछ ।’