काठमाडौँ । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै उनले फेरि सरकारको नेतृत्व लिन सक्ने बताए ।
मङ्गलवार काठमाडौँमा आयोजित पार्टी निकट नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनमा बोल्दै सभापति देउवाले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचेअनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे ।
उनले आफ्नो पार्टीले सोचेअनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । सभापति देउवाले संविधानअनुसार सरकार बनाउनका लागि पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढ्नुपरेको उल्लेख गरे ।