काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको आधिकारिक फेसबुक पेज ह्याक भएको आशंका गरिएको छ । मंगलबार उक्त अकाउन्टबाट भियतनामी शब्दमा पोस्ट राखिएपछि ह्याक भएको आशंका गरिएको हो ।
सशस्त्र प्रहरी बलको उक्त फेसबुक पेजमा "ai đâu trở lại mùa thu trước" लेखी पोस्ट गरिएको छ । जसलाई अनुवाद गर्दा नेपालीमा 'जो गत शरदमा फर्किए' भन्ने अर्थ लाग्छ ।
सशस्त्र प्रहरी बल कम्प्युटर विभागका एक कर्मचारीले अकाउन्टमा समस्या आएको स्वीकार गरे ।यदि अकाउन्टबाट एड्मिन एक्सेस नगुमेको भए सो पोस्ट सहजै हटाउन सकिने साइबर सुरक्षा जानकारहरूले बताएका छन् ।