काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सम्पूर्ण तागत अब अर्थतन्त्रलाई गति दिनमा केन्द्रित रहने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष दाहालले आफूले सरकारको नेतृत्व गरेदेखि नै अर्थतन्त्र सुधारका लागि ध्यान दिएको बताए ।
‘हामी अहिले बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा छौं, प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि निजी क्षेत्रका धेरै सुझाव संकलन गरिएको छ’ दाहालले भने ‘अहिलेका समस्या समाधानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रबीच धेरै छलफल भएको छ । अब सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनेमा नै हुनेछ ।’
तरलता, राजस्व र रेमिट्यान्समा सुधार ल्याउन सरकारले प्रयास गरेको दाहालले बताए । ब्याजदर कम गर्नेबारे, राजस्व संकलन बढाउनेबारे सरकारका निकायहरुसँग घनिभूत छलफलमा रहेको उनको भनाइ छ ।विगतका तीन महिनामा अर्थतन्त्रका केही सूचकहरुमा सुधार आएको दाहालले बताए ।