धनगढी। कैलालीमा एसईई परीक्षार्थी चढेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको छ । भीमदत्त राजमार्गअन्तर्गत चुरे गाउँपालिकाको फल्टुडे भन्ने स्थानमा सुपप्र ०१००१ ज १४२३ को जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले दुर्घटनाको पुष्टि गर्दै चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको जनाएको छ ।मृतक ठगुन्ना एसईई परीक्षार्थी रहेको र अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रमा परीक्षा दिएर फर्किंदै गर्दा दुर्घटनामा परेको खुलेको छ ।
सोही घटनामा अन्य चार एसईई परीक्षार्थी पनि घाइते भएका छन् । उनीहरूको अहिले अत्तरियाको पद्या अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।