काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोली फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटबाट बाहिरिएको छ ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा भियतनामसँग २–० ले पराजित हुँदै नेपाल पहिलो चरणबाटै बाहिरिएको हो । समूह ‘सी’ को पहिलो खेलमा नेपाल भियतनामसँग ५–१ ले पराजित भयो ।
भियतनाम समग्रमा नेपालमाथि ७–१ को फराकिलो गोलअन्तरका साथ जित निकाली दोस्रो चरणमा प्रवेश गरेको छ । भियतनामले दुई खेलबाट सर्वाधिक ६ अंक जोड्दै शीर्ष स्थानमाथि कब्जा जमायो । आयोजक नेपाल अंकविहीन रह्यो ।
यस समूहमा अफगानिस्तान र प्यालेस्टाइनले अन्तिम समयमा नाम फिर्ता लिएका थिए । त्यसपछि नेपाल र भियतनामबीच दुई खेल भएको हो ।