सुर्खेत। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले माओवादीलाई पुनर्गठनबारे सोच्नुपर्ने बेला आएको बताएका छन् ।
देश माओवादीकै एजेन्डामा चलिरहेपनि पार्टी कमजोर भइरहेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने शर्माको भनाइ छ ।
शुक्रवार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै शर्माले सबैभन्दा पहिला माओवादीभित्रको बेरोजगारी अन्त्य गर्नुपर्ने बताए ।शर्माले माओवादी कुनै सेल कमिटी नरहेकाले अब उत्पादनको सेल कमिटी हुनुपर्ने बताए ।
शर्माले आफू यो कार्यकालमा मन्त्री नहुने र पार्टी निर्माणमा लाग्ने कुरा चुनावताका नै बोलिसकेको बताए । शर्मा बिहीबार संगठन विभागको कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आएका थिए ।