काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय संगठनहरूले पहिचानको आधारमा प्रदेशको नामकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र पेश गरेका छन् ।
किराती राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारी सहितको प्रतिनिधि मण्डलले भेटी ज्ञापनपत्र बुझाएका छन् ।
प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्री प्रचण्डसमक्ष अनुरोध गरिएको छ ।