काठमाडौं । सरकारको साझा न्यूनतम कार्यक्रम बिहीबार (आज) सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। वर्तमान सरकारले साझा न्यूनतम कार्यक्रममा सहमतिका लागि विभिन्न चरणमा छलफल गरिरहेको छ।
यसका लागि कार्यदलमा नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेल र जनता समाजवादी पार्टीका राजेन्द्रप्रसाद श्रेष्ठ सदस्य छन्।
देशको अहिलेको अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र विशेष गरी आर्थिक मन्दीका कारण उत्पादनलगायतका क्षेत्रमा परेको असर ध्यानमा राख्दै अर्थतन्त्र सवलीकरण गर्ने विषय मुख्य रुपमा रहेको नेताको भनाइ छ।
कार्यदलका सदस्य एवम् नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा। विजय पौडेलले न्यूनतम साझा कार्यक्रम बिहीबार सार्वजनिक गर्ने कार्यतालिका तय भएको जानकारी दिए ।
आन्तरिक उत्पादन खासगरी, कृषि क्षेत्रलाई जोड दिइएको उनको भनाइ छ। बजेटमा कृषि उत्पादन एवम् बिक्रीको सुनिश्चित गर्ने विषयमा केन्द्रित भएको उहाँको भनाइ छ।