काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि काठमाडौँ प्लाजाबाटै नागरिकलाई सेवा दिने तयारी गरेको छ ।
यही हप्ता प्रशासन विभाग सर्ने तयारी गरेको कामपाले विस्तारै अन्य विभाग पनि स्थानान्तरण गरी एकै स्थानबाट सेवा दिने तयारी गरेको छ ।अहिले कामपाको १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० स्थानबाट सेवा दिइरहेका छन् ।
कामपाका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार अहिले प्लाजामा सरसफाइ गर्ने काम इन्टरनेट राख्ने काम, कोठा विभाजनको काम भइरहेको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि कामपा र ट्रष्टबीच यही चैत ८ गते सम्झौता भएको थियो ।